स्वास्थ्यमा कुनै कम्परमाइज नगर्नूस्ः राज्यमन्त्री कार्की
काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरुको बिक्री भइरहेको भन्दै नियममन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताएकी छन् ।
मंगलवार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभागलाई यस्तो बताएकी हुन् । उनले फार्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्टहरु, कस्मेस्युटिकल प्रोडक्ट्सहरु बजारमा आउनु भन्दाअघि डिडिएमा देखाउनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक भएको बताइन् । उनले बजारमा अहिले धेरै प्रकारका विज्ञापनहरुको आफूखुशी प्रयोग हुने र औषधिहरु पनि जथाभावी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी भएको बताइन् । उनले नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै कम्परमाइज गर्नु नहुने बताइन् । उनले देश भित्रै औषधिहरुको उत्पादन हुने प्रवल सम्भावना रहेकाले त्यस सम्बन्धी खोज र अनुसन्धान अघि बढाउन आग्रह गरिन्।
राज्यमन्त्री कार्कीले भनिन्, ‘कुनैपनि प्रोडक्टहरु बनिन्छि, तर बजारमा पुग्दैगर्दा फार्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्टहरु, कस्मेस्युटिकल प्रोडक्ट्सहरु बजारमा आउनु भन्दाअघि डिडिएमा देखाउनुपर्ने, अनुमति लिनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था हामीले बनाउनु पर्छ । बजारमा अहिले धेरै विज्ञापनहरु सुनिन्छ, प्रयोगमा पनि आएका छन्, विभिन्न थरिका मालिस गर्ने तेलहरु, दाँत सेतो पार्ने औषधिहरु, कपाल उमार्ने तेलहरु र आयुर्वेदिक औषधिहरुको गुणस्तर मापन कसले गरिरहेको छ, डाटासहित आउनुहोला । हामी कुनै न कुनै ठाउँमा चुकिरहेका छौँ, त्यसको नियमन गर्न अत्यन्त जरुरी छ । यसमा हामीले कत्ति पनि कम्परमाइज गर्नु हुँदैन । यस सम्बन्धी कार्यविधि के कस्ता हुनुपर्छ, त्यससम्बन्धी कार्ययोजना बनाएर अघि बढ्नुपर्छ । हामीले देशभित्रै औषधिहरु उत्पादन गर्नसक्छौँ, त्यससम्बन्धी पनि खोज अनुसन्धान अघि बढाउनुपर्छ । अनलाइन एप्स, मार्केटमा सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचारबाजी हुने र जथाभावी लिने काम भइरहेको छ, त्यसलाई नियमन गर्न के गर्नुपर्छ ? के गर्न सकिन्छ, त्यो उत्पादन बनिसकेपछि त्यसले डिडिएमार्फत अनुमति लिएको छ कि छैन ? त्यसका लागि एउटा प्रावधान बनाउन जरुरी छ । कोभिड महामारी पछि व्यापक भइरहेको छ । अबका दिनमा अनलाइन सपिङ झनै भद्रगोल हुने अवस्था छ ।’
राज्यमन्त्री कार्कीले सामाजिक सञ्जालबाट अनलाइन सपिङ गर्नेकुरा अत्याधिक भइरहेकाले त्यसलाई नियमन र नियन्त्रण नगरे अनलाइन सपिङ झनै भद्रगोल हुने बताइन् ।
प्रतिक्रिया