बुधबार, वैशाख १९, २०८१

अखिलमा मेरो विकल्प छैन : अध्यक्षका उम्मेदवार खत्री

मेरोन्यूज २०७९ माघ १४ गते १९:१९


काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३ औ राष्ट्रिय महाधिवेशन यहि फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुने भएको छ । झण्डै सातबर्षपछि हुन थालेको महाविधेशनको माहौल तातिरहेको छ । अखिल हाँक्नका लागि अहिले मुख्यत तीन जना आकांक्षी देखिएका छन् ।

यसअघिका दुई अध्यक्ष मनोनित भएकाले यसपटक भने चुनावबाट नै नेतृत्व चयन हुने भएको छ । २०७२ सालमा अखिलको २२ औ महाधिवेशन भएको थियो त्यसयता नेकपा (माओवादी केन्द्र) सँग मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अनेरास्ववियूको संयोजक ऐन महर तथा पार्टी अलग भएपछि पुन मनोनित अध्यक्ष सुनिता बराल बनेकी थिइन । अहिले अध्यक्षका आकांक्षीमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष झपिन्द्र खत्री र महासचिव समिक वडाल देखिएका छन् ।

२२ औ महाधिवेशनमा लामिछाने र बडाल सचिव तथा खत्री कोषाध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्षका तीनै जनामध्ये खत्री बलियो देखिएका छन् । उनले अखिलेको नेतृत्व गर्नेदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हाँकेको राम्रो अनुभव रहेको छ ।
अनेरास्ववियुको प्रशिक्षण विभाग प्रमुख समेत रहेका खत्री मुलुकै ठूलो मानिएको पाटन सयुक्त क्याम्पसको स्ववियु सभापति हुन् ।

उनी २०६५ सालमा भएको स्ववियु निर्वाचनमा सभापतिमा निर्वाचित भएका थिए । २०६६ सालमा स्ववियु काउन्सिल सचिव भएर पनि उनले त्रिभुवन विश्वविद्यालयमा काम गरिसकेको छन । “म अखिल र स्ववियु दुवैमा राम्रो काम गरेको अनुभव रहेको छ,” उनले भने,“ मलाई पार्टी र साथीहरुको साथ सहयोगले अखिलेको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु ।”

उनी अखिलको केन्द्रीय सदस्य हुदै उपाध्यक्षमा पुगेका खत्रीमा स्ववियु संचालन गरेको समेत अनुभव रहेको छ । तर अन्य आकांक्षीलाई भने स्ववियु सञ्चालन गरेको अनुभव छैन । खत्री २०७० सालमा भएको अखिलको २१ औं राष्ट्रिय महाधिवेशनबाट सचिवालय सदस्य र २०६७ सालमा भएको २० औ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्य निर्वाचित भएका हुन् । सात बर्षपछि निर्वाचनबाट नेतृत्व चयन हुन गइरहेकोमा खत्रीको संगठनमा पनि राम्रो पकड रहेको छ ।

कोषाध्यक्ष हुँदै उपाध्यक्ष बनेका उनलाई पार्टीका शीर्ष नेताहरुको पनि साथ सहयोग रहेको बुझिएको छ । सबैसँग मिलनसार, सांगठनिक व्यक्ति भएकोले पार्टीले पनि खत्रीको नेतृत्वमा अखिलको नयाँ नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।

“स्ववियु निर्वाचन पनि नजिक आइरहेको छ । अखिललाई फेरि पनि स्ववियु निर्वाचनबाट पहिलो संगठन बनाउन आवश्यक रहेको छ,” अखिलका एक पूर्व अध्यक्षले भने,“१४ बर्ष पछि हुन थालेको स्ववियु निर्वाचनको कमाण्ड खत्रीले नै गर्न सक्दछन । त्यसैले उनलाई अध्यक्ष बनाउनु पर्दछ ।”

यहि चैत ५ गते देशभरि स्ववियु निर्वाचनको मिति घोषणा गरिएको छ । स्ववियु निर्वाचन र संगठन हाक्ने सक्ने नेताका रुपमा चिनिएका खत्री अखिलको अध्यक्षमा बलिया दावेदारका रुपमा रहेका छन् ।
उपाध्यक्ष खत्रीले आफूसङ्ग स्ववियु र सङ्गठन दुवैको नेतृत्व गरेको अनुभव भएकाले सम्पुर्ण प्रगतिशील परिवर्तनप्रेमी विद्यार्थीहरुले अध्यक्षमा आफुलाई नै निर्वाचित गराउनेमा विश्वस्त रहेको बताए । उपाध्यक्ष खत्रीले आफू अध्यक्षमा निर्वाचित भए सवैलाई मिलाएर लैजाने बताए ।

“देशभरिबाट मेरो पक्षमा माहौल बनिरहेको छ । अखिलमा मेरा विकल्प छैन,” उनले भने, “सहमति हुँदा पनि मेरो नाममा सहमति हुन्छ ।ूखत्री हाल त्रिभुवन विश्वविद्यालयमा द्वन्द, शान्ति र विकास अध्ययन विषयमा एमफिल लेड पिएचडी गर्दै छन् ।

प्रतिक्रिया