मंगलबार, वैशाख १८, २०८१

सर्वोच्च भन्छ- चोलेन्द्रको महाअभियोग निष्प्रभावी भएको पत्र आएको छैन, संसद सचिवालय भन्छ – पत्र गईसक्यो

मेरोन्यूज २०७९ मंसिर २१ गते १२:५२

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूविरूद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र आएको भन्दै बुधबार सर्वोच्च अदालत जाने बताएका छन् । तर सर्वोच्च अदालतले भने कुनै जानकारी नभएको बताएको छ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलले राणाको महाअभियोग निष्क्रिय भएको कुनै पनि पत्र वा जानकारी आएको नआएको बताए ।
यता, संसद सचिवालयले आफूविरूद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र आएकाले अदालत जान लागेको राणाले बताए ।
संसद सचिवालयले राणालाई पत्र पठाइसकेको जनाएको छ । राणाविरूद्ध गत फागुनमा सत्तारूढ दलका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए।

प्रतिक्रिया