मंगलबार, वैशाख १८, २०८१

समानुपातिकमा अव कति गन्न बाँकी छ मत ?

मेरोन्यूज २०७९ मंसिर १३ गते २१:३४

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फको मतगणना करिव अन्तिम तिर पुगेको बताएको छ । अहिलेसम्मको मतगणनाका आधारमा एमाले, कांग्रेस, माओवादी सहित ७ राजनीतिक दलले राष्टिय स्तरको मान्यता पाएका छन् । तर यो समाचार तयार पार्दासम्म नेकपा एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउन सकेको छैन । थ्रेस होल्ड कटाउन संर्घष गरिरहेको नेकपा एकीकृत समाजवादीलाई राष्टिय दल बन्न् सकस छ ।

यो समाचार तयार पार्दासम्म आयोगले कुल ९९,८८,३९७ मत गणना गरको छ । जसमध्ये एमालेले २६,९२,३९० , कांग्रेसले २५,४६,४४९, माओवादी केन्द्रले ११,४३,४०८ मत पाएको छ ।

चौथो स्थानमा रहेको राष्टिय स्वतन्त्र पार्टीले १०, ९८,१३८, राष्टिय प्रजातन्त्र पार्टीले ५,६९,५७८ मत पाएको छ । छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टीले ३,८८,३०३ र जनमत पार्टीले ३,४६,८९५ मत पाएको छ ।

थ्रेस होल्ड कटाउन कोसिस गरिरहेको नेकपा एकीकृत समाजवादीले भने २,८१,२९४ मत पाएको छ ।

कहाँ गन्न बाँकी छ ?

निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र ९जेईओसी०का अनुसार, उदयपुर–१, सुनसरीको ३ र ४ को मात्रै समानुपातिकतर्फ मतगणना चलिरहेको छ । अन्य जिल्ल र निर्वाचन क्षेत्रको मतगणना भने सकिएको छ । प्रत्यक्ष तर्फको मतगणना रोकिएको स्याङजा–२ र बाजुरा तथा केही स्थानमा निर्वाचन नै दोहोरयाउन लागिएको दोलखामा पनि समानुपातिक तर्फको मतगणना भएको छैन ।

यस बाहेक अन्य क्षेत्रको मतगणना वाँकी नरहेको आयोगको भनाइृ छ । दोलखामा दोहोराउन लागिएको निर्वाचन मंसिर १५ मा हुँदैछ ।

आयोगले ति निर्वाचन गराएर अवको एक सातामा सवै परिणाम आईसक्ने जनाएको छ ।

प्रतिक्रिया