बुधबार, वैशाख १९, २०८१

काठमाडौं-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी

मेरोन्यूज २०७९ मंसिर ७ गते ६:५४

काठमाडौं । काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन् । उनी एमालेका श्यामकुमार घिमिरेलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

पराजुलीले आठहजार ७४३ मत ल्याए । एमालेका घिमिरेले ६ हजार ८०० मत ल्याए ।

यता,सत्ता गठबन्धनकी मानुषी यमि भट्टराईले ६ हजार ६३ मत ल्याएकी छन् ।

प्रतिक्रिया