दसैं र तिहारमा सानिमा बैंकको विशेष छुट
मेरोन्यूज
२०७९ असोज १३ गते १७:१२
काठमाडौँ । नेपालीको महान चाड दसैंं र तिहारको अवसरमा सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी क्यूआर कोडमार्फत् भुक्तानी गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था गरिएको छ ।
क्यूआरबाट भुक्तानी गरे बैंकले १० प्रतिशत वा अधिकतम सय रुपैयाँसम्म छुट दिने भएको हो । यो योजना आगामी असोज १६ देखि २२ गते र कार्तिक ७ देखि १२ गतेसम्म फोनपे मर्चेण्टमा मात्र लागू हुने छ ।
यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घ कालीन रूपमा नगदको प्रयोग घट््ने बैंकको विश्वास छ । बंैकले हाल देशभरबाट १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया