बाढीमा फसेका २८ जनाको उद्धार
मेरोन्यूज
२०७९ असोज ९ गते २०:३०
काठमाडौँ । मोहना र खुटिया नदीमा बाढी आउँदा फसेका २८ जनाको उद्धार गरिएको छ । धनगढी उपमहानगर १८ नुक्लीपुरस्थित नदीको दोभानमा आइतबार साँझ ६ बजे उनीहरु फसेका हुन् ।
धनगढी उपमहानगर १८ का वडाध्यक्ष भुवन रिजालका अनुसार पहिलो लटमा १५ र दोस्रो लटमा १३ गरी २८ जनाको उद्धार गरिएको हो ।
उद्धारका लागि नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली परिचालन भएको उनले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया