आइतबार, वैशाख २३, २०८१

आर्थिक अवस्थाबारे अध्ययन गर्न अर्थमन्त्रीले बनाए समिति

मेरोन्यूज २०७९ असोज ९ गते १९:१४

काठमाडौँ । अर्थ मन्त्री जनार्दन शर्माले मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्था तथा व्यवसायिक क्षेत्रबाट देखाइएको चासोको अध्ययन गर्न सुझाव समिति गठन गरेका छन् । एक हप्ताभित्र सुझाव दिने गरी उनले सुझाव समिति गठन गरेका हुन् ।

Advertisement

अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा समिति गठन भएको हो । जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सदस्य प्रतिनिधि, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स संघबाट दुई र निजी क्षेत्रबाट तीन जना सहभागी छन् ।

‘यो समस्याको समाधान सबै पक्ष बसेर छलफल गरी समाधानको उपाय निकाल्नु पर्छ,’ मन्त्री शर्माले भने, ‘कुनै एकलाई दोष लगाएर होइन, मिलेर जानुपर्छ ।’

मन्त्री शर्माले चालु आर्थिक वर्षको बजेटमा किसान तथा साना उद्योगलाई प्रोत्साहन हुने गरी व्यवस्था गरिएको दोहोर्याउँदै कार्यान्वयनमा तदारुकता दिन सम्बन्धित निकायलाई आग्रह गरे ।

प्रतिक्रिया