मंगलबार, वैशाख १८, २०८१

थप ५१ जना कोरोना संक्रमित पुष्टि

मेरोन्यूज २०७९ असोज ९ गते १७:२१

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार २४ जनाको पीसीआर परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

एक हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र एक हजार ८१८ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएसँगै देशभर एक हजार २२३ जना सक्रिय संक्रमित रहेका छन् । आज सय जना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया