मंगलबार, वैशाख १८, २०८१

आई. एम. ई लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिकोत्सव सम्पन्न

मेरोन्यूज २०७९ भदौ १ गते २०:११

काठमाडौं । आई. एम. ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौ वर्ष पुरा गरेको उपलक्ष्यमा बुधबार केन्द्रीय कार्यालय र मुलुकभरका शाखा कार्यालयमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमाको क्षेत्रमा बीमितको पहुँच पुर्याउने कार्यमा उल्लेखनीय प्रगति भइरहेको उल्लेख गर्दै बीमितको हित प्रति कम्पनी सदैव तत्पर रहेको बताउनु भयो । पछिल्लो १० दिनमा कम्पनीले विभिन्न सामाजिक उत्तरदायित्व वहन गरी वृहत रुपमा अपत्यारीलो नतिजा प्राप्त गर्न सफल भयो ।

एकै दिनमा ५७१ जनाबाट वृहत रक्तदान, ७४८ जनालाई बीमा अभिकर्ता तालिम र सातवटै प्रदेशमा १३०२ जनालाई लाभान्वित हुने गरी स्वास्थ्य शिविर र ५८४८ विद्यार्थीमा बीमा साक्षरता जागरण कार्यक्रम सफलतापूर्वक आयोजना गरेको कम्पनीले जनाएको छ । त्यसैगरी आउँदा दिनहरुमा वृहत नतिजा आउने गरी अन्य कार्यक्रमहरु समेत गर्ने फुयाँलले बताउनुभयो ।

सोहि कार्यक्रममा काठमाडौं, लैनचौरस्थित कार्यालयमा बोल्दै कम्पनीका अध्यक्ष डा.रामहरि अर्यालले बीमा व्यवसायलाई व्यवस्थित गर्दै विस्तार गरी राष्ट्रको निति एक घर, एक बीमा कार्यक्रमलाई आत्मसात गर्नु पर्ने आवश्यकतामा जोड दिनु भयो ।

यसका लागि आई. एम. ई लाइफ इन्स्योरेन्स कम्पनीले ब्यवसायिक सफलतामा मात्र केन्द्रित नरही सामाजिक उत्थानमा समेत निरन्तरता दिने बताउनुभयो । पाँच बर्ष अघि स्थापना भएको कम्पनीले हाल देशैभरी १४० भन्दा बढि शाखाहरुबाट सेवा प्रदान गरीरहेको छ ।

प्रतिक्रिया