बुधबार, वैशाख १९, २०८१

ठमेल पर्यटन परिषद् : दुई समूहबीच प्रतिस्पर्धा

मेरोन्यूज २०७९ असार २७ गते ९:४८

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यको रुपमा मानिन्छ । विदेशी होस् या स्वदेशी काठमाडौँ उत्रेपछि एक पटक ठमेल नपुग्ने सायदै होलान् । पर्यटक लक्षित विभिन्न पेसा र व्यवसाय अङ्गालेर बसेका ठमेल क्षेत्रका पर्यटन व्यवसायीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को नेतृत्व निकै आकर्षण मानिन्छ ।

सोही संस्थाको आगामी अधिवेशनबाट नयाँ नेतृत्व हत्याउनका लागि व्यवसायीले दुई समूहमा प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षसहितका पदाधिकारी सदस्यका लागि दुई समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । यही असार ३२ गते हुने परिषद्को निर्वाचनमा अध्यक्ष पदका लागि पर्यटन व्यवसायी भविश्वर शर्मा र रामचन्द्र अधिकारीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

दुवै उम्मेदवारले पत्रकार सम्मेलन गरी प्यानलसहित उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारप्रसारमा जुटेका छन् । शर्माको समूहबाट उपाध्यक्षमा सहदेव धमला, सुरेन्द्र श्रेष्ठ, प्रश्रय राजभण्डारी र महासचिवमा बद्री तिमल्सिना, सचिवमा स्वजेशमान मालाकार र कोषाध्यक्षमा उज्जल थपलियाले उम्मेदवारी घोषणा गर्नुभएको छ । यस्तै सदस्यमा चेतनाथ पुडासैनी, कोपिला सिङ्खडा, रोशन अधिकार, लालबाबु चौधरी, पूर्णियमा मालाकार, अमृत थोकर इन्दिराकुमारी चौलागाई ९गौतम० र तेन्जिङ लामाले उम्मेदवारी घोषणा गरेका छन् ।

उता अधिकारी समूहमा उपाध्यक्ष पदमा महेश महर्जन, गीता गुरुङ, राजुमान डङ्गोल, महासचिवमा राजीव पाण्डे, सचिवमा रामचन्द्र गिरी र कोषाध्यक्षमा पून्यराम लागेजुले उम्मेदवारी घोषणा गर्नुभएको छ । यस्तै सदस्यमा कमल भण्डारी, विनोद श्रेष्ठ, रञ्जयमान प्रधान र कृष्ण थपलियाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया