मंगलबार, वैशाख १८, २०८१

लागु औषधको मुद्दामा मलेसियाली नागरिकलाई सिंगापुरमा फाँसी

मेरोन्यूज २०७९ असार २५ गते १५:५९

काठमाडौँ । सिंगापुरले एक मलेसियाली कैदीलाई मृत्युदण्ड दिएको छ । लागुऔषध ओसारपसार गरेको अभियोगमा कलवन्त सिंह नाम गरेका एक मलेसियालीलाई मृत्युदण्ड दिइएको हो ।

सिंहले अन्तिम मिनेटमा माफीका लागि अनुरोध गरेका थिए । तर, उनको याचनलाई अदालतले अस्वीकार गरेको थियो । कलवन्त सिंहको मृत्युको खबर सिंगापुरका मानवअधिकार कार्यकर्ता कर्सटन हानले आफ्नो ट्वीटमा पुष्टि गरेकी छिन् ।

हानका अनुसार कलवन्त जस्तै उही मुद्दामा हिरासतमा रहेका र सिंगापुरका नोराशरी गौसलाई पनि लागूऔषध तस्करीको अभियोगमा फाँसी दिइएको थियो ।

‘कलवन्त सिंह र नोराशरी बिन गौस दुवैको मृत्युदण्डको पुष्टि गर्दा म दुःखी छु, दुवै परिवारलाई उनीहरूको शव र मृत्यु प्रमाण पत्र हस्तान्तरण गरिएको छ, कलवन्तको परिवार अझै जेलमा छ, म नोरासरीको अन्त्येष्टिमा जाँदै छु’, हानले ट्वीट गरेकी छिन् ।

प्रतिक्रिया