मंगलबार, वैशाख १८, २०८१

एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्व : दिनानाथ शर्मा

मेरोन्यूज २०७९ असार १४ गते १६:५५

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिनानाथ शर्माले नेकपा एकीकृत समाजवादीको मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताएका छन् । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शर्माले यस्तो बताएका हुन् ।

नेता शर्माले ४-५ महिनामा कुनै पनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनु पर्ने बताए । उनले ३-४ महिनामा पालो पु¥याउनका लागि मात्रै मन्त्री बनाउने काम नगरी देश र जनताको विकासका लागि काम गर्न आवश्यक रहेको बताएका थिए ।

उनले यस किसिमका पालो पु¥याउन मात्रै मन्त्री बनाउने संस्कृतिलाई दुरुत्साहीत गर्न आवश्यक रहेको बताए । सदस्य शर्माले समाजवादीले मन्त्री फेर्ने निर्णय जनतालेसमेत स्वीकार नगरेको भए मन्त्री फेर्न पाउने अधिकार पार्टीलाई भएको बताएका थिए ।

उनले आगामी निर्वाचनसम्म अहिलेको गठबन्धन निर्धक्क जाने दाबी गर्दै गठबन्धनलाई व्यवस्थित र सुदृढ गर्न आफूहरू लागि परेको स्पष्ट पारे ।

प्रतिक्रिया