प्रेम आलेपछि रामकुमारीको पनि राजीनामा, पत्रकार सम्मेलनबाट घोषणा गरिदै
मेरोन्यूज
२०७९ असार १२ गते १६:४८
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका मन्त्री हेरफेर गर्ने निर्णयपछि उत्पन्न राजनीति उथलपुथल रहिरहेका अवस्थामा पर्यटनमन्त्री प्रेम आलेले राजीनामा दिए । उनले राजीनामा प्रधानमन्त्रीलाई नभई पार्टी अध्यक्ष माधव नेपाललाई बुझाएका हुन् ।
आलेले अध्यक्ष नेपाललाई राजीनामा बुझाएको समाचार आएसँगै शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन् । राजीनामाबारे जानकारी दिन उनले केही बेरमै पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छन् ।
पर्यटनमन्त्री प्रेम आलेको राजीनामासँगै अर्का मन्त्री झाँक्रीले राजीनामा दिने भएकी हुन् । यसअघि उनीहरूले आफ्नो पद जाेगाउन प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्दै आएका थिए ।
सम्बन्धित
प्रतिक्रिया