मंगलबार, वैशाख १८, २०८१

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

मेरोन्यूज २०७९ असार ११ गते १६:४७

काठमाडौँ । सरकारको निर्यणसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सरकारलाई मूल्य घटाउन निर्देशन दिएसँगै निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको हो ।

आज बिहान बसेको सत्ता गठबन्धन दलले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएको थियो । योसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलन गरी पेट्रोल प्रतिलिटर २० र डिजेल र मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ घटाएको जानकारी दिएका थिए ।

योसँगै, पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया