जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते
मेरोन्यूज
२०७९ जेठ ७ गते २०:३०
मकवानपुर । जिल्लाको सिमखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिका २ कुलेखानी सिमखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ ५ बजेको समयमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ४ च २३१५ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन ।
जिपमा सवार ८ जनामध्ये अन्य ५ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि हेटौँडा लगिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया