मंगलबार, वैशाख १८, २०८१

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गर्ने आरोपी पाण्डे पक्राउ

मेरोन्यूज २०७९ जेठ ७ गते १८:२५

काठमाडौँ । सौन्दर्य प्रतियोगिता आयोजना गरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनोज पाण्डे रहेका छन् ।

आठ वर्षपहिले प्रतियोगिता आयोजना गरी एक किशोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा पाण्डलाई प्रहरीले काठमाडौँको स्वयम्भुबाट पक्राउ गरेको हो ।

मिस ग्लोबल इन्टरनेशनलमा भाग लिन आएकी तत्कालीन अवस्थामा १६ वर्ष रहेकी एक किशोरी बलात्कार गरेको आरोप उनलाई पक्राउ गरेको हो ।

पीडित युवतीले आठ वर्षपछि सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै घटनाबारे खुलासा गरेपछि यो विषय राष्ट्रिय चासोका रुपमा देखिएको थियो ।

सोही विषयमा प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले छानबिन गर्न सरकारलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया