पोखरामा एमालेका मेयर उम्मेदवार पछाडि, उपमेयर अगाडि
मेरोन्यूज
२०७९ जेठ ७ गते १४:३३
कास्की । पोखरा महानगरमा सत्ता गठबन्धनका मेयर उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो मतान्तर बढाएका छन् । उनले ३४ हजार ३३६ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ३० हजार ९४९ मत पाएका छन् ।
मेयरका दाबेदार दुई उम्मेदवारबीच ३ हजार ३८७ मतान्तर रहेको छ । यसैगरी तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार शंकर खरालले ३ हजार ८३५ मत पाएका छन् ।
उपमेयरमा भने नेकपा एमालेकी मञ्जुदेवी गुरूङ अगाडि रहेकी छन् । उनले ३५ हजार ३१२ मत पाउँदै पहिलो स्थानमा रहेकी छन् ।
गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट मेयर उम्मेदवारी दिएकी कोपिला रानाभाटले ३४ हजार ८४७ मत पाएकी छन् ।
सम्बन्धित
प्रतिक्रिया