मंगलबार, वैशाख १८, २०८१

गीतकार सङ्घ नेपालद्वारा यस वर्षका लागी ‘राष्ट्रिय स्रष्टा सम्मान’ घोषणा

मेरोन्यूज २०७९ वैशाख २२ गते १३:०८

काठमाडौं । गीतकार सङ्घ नेपालले यस वर्षका लागी ‘राष्ट्रिय स्रष्टा सम्मान’ मा सम्मानित हुने स्रष्टाहरुको नाम सार्वजनिक गरेको छ । स्रष्टा सर्जकको उत्साह तथा क्रियाशील र सम्मानको लागि संघले हरेक वर्ष ‘राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गर्दै आएको छ ।

सङ्घले यस वर्षको ‘अमर भावना गीतकार राष्ट्रिय स्रष्टा सम्मान २०७८’ नेपाली गीत लेखनमा निरन्तर साधनारत झापा विर्तामोड निवासी अग्रज गीतकार शिवशंकर थापालाई प्रदान गरिने जनाएको छ । थापालाई १, लाख ५१ हजार रुपैंया“ नगद सहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिने बताएको छ ।

यस्तै ‘डायस्पोरा गीतकार सम्मान’ विदेशमा बसी नेपाली गीत लेखनमा योगदान पु¥याएबापत अमेरिकाको न्यूयोर्कमा बसोवास गर्ने गीतकार गीता खत्रीलाई प्रदान गरिनेछ । खत्रीलाई १५ हजार रुपैंयाँ नगद सहित प्रमाण पत्र प्रदान गरिने छ । गत वर्षबाट शुरु गरिएको ‘बिष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान –२०७८’ बाट तामाङ्ग भाषाका लागि रामेछाप निवासी गीतकार प्राज्ञ मान बहादुर दोङ्ग तामाङ्गलाई प्रदान गरिने भएको छ । तामाङ्गलाई २५ हजार २ सय ५२ रुपैंया“ नगद सहित प्रमाण पत्र प्रदान गरिनेछ ।

यस्तै सङ्घमा आवद्ध सदस्यहरुले २०७८ मा सार्वजनिक गरेका र संस्थामा विधिवत दर्ता हुन आएका गीतहरु मध्येबाट ‘वर्ष गीत पुरस्कार २०७८’ प्रयोजनका लागि उत्कृष्ट १० गीतहरु छनोट गरिएको छ । वर्ष गीत पुुस्तक २०७८ का लागी विरेन्द्र राईको ‘रैछाकुले म’, टिका भट्टाराई नेपालको ‘मनका रंगहरु’ र विजय कट्टेल ‘छहरा’ को ‘देशकै माया लाग्छ’ छनौटमा परेका छन् । छानिएका उत्कृष्ट १० गीत र ३ पुस्तकमध्येबाट विशेष समितिले चयन गर्ने एक-एक सर्वोत्कृष्ट गीतलाई कार्यक्रम स्थलमा नै घोषणा गरि प्रत्येकलाई ५७ हजार रुपैंया“ नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने संङ्घका महासचिव रमेश कोइरालाद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।

प्रतिक्रिया