आइतबार, वैशाख ३०, २०८१

बझाङमा दुई वडाकाे मतगणना सकिँदा एमाले दोब्बर मतले अगाडि

मेरोन्यूज २०८१ वैशाख १६ गते १६:२४

चैनपुर । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ ।

Advertisement

जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्राप्त परिणाम अनुसार १६९२ मतगणना हुँदा एमालेका दमनबहादुर भण्डारीले ७५७ मत पाएका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले ३८० मत प्राप्त गरेका छन् । भण्डारी ३७७ मतले अघि छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले २२६, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ११५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको ९ मतप्राप्त गरेका छन् । यस्तै २८ मत भने बदर भएका छन् ।

प्रतिक्रिया