शनिबार, वैशाख २९, २०८१

बझाङमा दिउँसो १ बजेबाट मतगणना हुने

मेरोन्यूज २०८१ वैशाख १६ गते १२:२९

धनगढी । बझाङको प्रदेश सभाको मतगणना १ बजेदेखि सुरु हुने भएको छ । केहि बेरअघि सम्पन्न सर्बदलीय बैठकले १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

Advertisement

निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको हो ।   

बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा हुँदैछ । ६१ हजार ७ सय ४८ मतदाता रहेको बझाङ १(क) मा करिब ५० प्रतिशत मत खसेको आयोगले जनाएको छ ।  

यसअघि २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा बझाङको यस क्षेत्रमा ५२.९८ प्रतिशत मतदान भएको थियो ।   

प्रतिक्रिया