शनिबार, वैशाख २२, २०८१

कतारी राजालाई नेपाली सेनाले दियो २१ तोपको सलामी

मेरोन्यूज २०८१ वैशाख ११ गते १७:०४

काठमाडौँ। कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् । 

Advertisement

थानीलाई विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति रामचन्द्र पौडेलले थानीलाई स्वागत गरेका छन् ।

सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।  

कतारका अमिर थानीलाई विमानस्थलको अति विशिष्ट कक्षमा २१ तोपको सलामी दिएर सम्मान गरिएको छ ।

प्रतिक्रिया