शुक्रबार, वैशाख २१, २०८१

जनकपुरमा गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए

मेरोन्यूज २०८१ वैशाख ११ गते १५:४१

जनकपुरधाम । जनकपुरको रामानन्दचोकमा रहेको होटेल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।

Advertisement

महोत्तरीको पिपरा गाउँपालिका-३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

प्रहरीका अनुसार ती महिला साढे २ वर्षकी छोरीलाई लिएर युवकसँग ३/४ दिनदेखि होटलमा बसिरहेकी थिइन् ।

मंगलबार बिहान छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा वयस्कहरु झुण्डिएको देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया