शनिबार, वैशाख २२, २०८१

तेमालमा ९ दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सुरु

मेरोन्यूज २०८१ वैशाख ११ गते १०:४०

काभ्रेपलाञ्चोक । जिल्लाको तेमाल गाउँपालिकाको आयोजनामा नौ दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सुरु भएको छ ।

Advertisement

नेपाल नेत्र ज्योति सङ्घ, कीर्तिपुर आँखा अस्पताल, शीर मेमोरियल अस्पताल र जर्मन रोटरी स्वयंसेवक चिकित्सकसहित स्वास्थ्यकर्मीको प्राविधिक सहयोगमा गाउँपालिकाको विभिन्न स्वास्थ्य चौकीमा शिविर आयोजना गरिएको हो ।

सोमबार पोखरी नारायणस्थानको स्वास्थ्य चौकीबाट सुरु भएको शिविर वडास्तरमा पायक पर्ने स्थानमा १८ गतेसम्म आयोजना गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामाले उद्घाटन गरेको शिविरमा छातीमा समस्या भएका एक सय ४० जनाको परीक्षण गरिएको थियो । परीक्षणबाट पाँच जनामा क्षयरोग लागेको पुष्टि भएको थियो ।

शिविरमा पाँच जनाको एचआइभी, एक सय चार जनाको मधुमेह, ६६ को दाँत र ८० जनाको आँखा परीक्षण गरिएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत शिवहरि पाठकले जानकारी दिए । शिविरमा ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र पनि वितरण गरिएको थियो । ती परिचयपत्र सबै शिविरमा प्रदान गरिने उनले बताए ।

प्रतिक्रिया