शनिबार, वैशाख २२, २०८१

सोमबार ११ सय रुपैयाँले घट्यो सुनको मूल्य

मेरोन्यूज २०८१ वैशाख १० गते ११:००

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन चाँदीको मूल्य घटेको छ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायका अनुसार आइतबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार छ ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर कारोबार भईरहेको छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया