शनिबार, वैशाख २२, २०८१

चोभार डाँडामा आगो निभाउन गएको दमकल दुर्घटना हुँदा ६ जना घाइते

मेरोन्यूज २०८१ वैशाख ८ गते १८:१५

काठमाडौँ। काठमाडौँ कीर्तिपुरस्थित चोभार डाँडामा भएको आगलागी निभाउन गएको दमकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। 

Advertisement

प्रहरीका अनुसार १२ बजेतिर चोभारको चापडाँडामा लागेको आगो निभाउन गएको १ बजेर १० मिनेटमा सो दमकल दुर्घटना भएको हो । 

७ जना सवार दमकल कर्मचारीमध्ये ६ जना घाइते भएका छन् भने १ जना सकुशल रहेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

प्रतिक्रिया