शुक्रबार, वैशाख २१, २०८१

गण्डकीमा चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी

मेरोन्यूज २०८१ वैशाख ८ गते १०:४७

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् । 

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

शनिबार बिहान बसेको गण्डकी मन्त्रिपरिषद्‌को बैठकले यो निर्णय गरेको हो। 

शुक्रबारलाई डाकिएको बैठक कांग्रेसले बहिष्कार गरेपछि मुख्यमन्त्री अधिकारीले यो निर्णय लिएका हुन्।

प्रतिक्रिया