बिहीबार, वैशाख २०, २०८१

नेपाल टेलिकमले माग्यो १२९ कर्मचारी

मेरोन्यूज २०८१ वैशाख ७ गते ९:०७

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

शुक्रबार सार्वजनिक सूचना जारी गर्दै टेलिकमले १२९ रिक्त पदमा आवेदन माग गरेको हो ।

उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ ।

आवेदन वैशाख २७ गतेसम्म दिन सकिनेछ । यस्तै दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया