त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुन बरामद
मेरोन्यूज
२०८१ वैशाख ६ गते १९:३१
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन फेला परेको छ ।
दिल्लीबाट आएको ईण्डिगो एयरको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन भेटिएको हो ।
विमान अवतरण हुने बित्तिकै प्रहरीले नियमित जाँच गर्ने क्रममा उक्त परिमाणको सुन भेटिएको विमानस्थलका एसएसपी कृष्णहरि शर्मा पोखरेलले बताए ।
सम्बन्धित
प्रतिक्रिया