बुधबार, वैशाख १९, २०८१

मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार हुँदै

मेरोन्यूज २०८१ वैशाख ६ गते १३:४३

जनकपुरधाम । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार मन्त्रीमण्डल विस्तारको तयारी गरेका हुन् ।

मुख्यमन्त्री यादवले माओवादी संसदीय दलका नेता भरत प्रसाद साह र उपनेता युवराज भट्टराईलाई मन्त्री बनाउन लागेका हुन् ।

उनीहरुको मन्त्रालय टुंगो लागेको छैन। दुबैलाई आजै दिउँसो ३ बजे विना विभागीय मन्त्रीको शपथ गराउने तयारी भएको बताइएको छ ।

मुख्यमन्त्री यादवले मंगलबार चौथोपटक विश्वासको मत पाएका थिए ।

प्रतिक्रिया