बुधबार, वैशाख १९, २०८१

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

मेरोन्यूज २०८१ वैशाख ६ गते १३:३०

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा छुटेका छन् । काठमाडौं जिल्ला अदालतले बिहीबार लामालाई छाडेको हो।

उनी बुधबार पक्राउ परेका थिए । लामालाई ५ वर्ष कैद सजाय भएको र ४ वर्षभन्दा बढी कैद भुक्तान हुन बाँकी रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो।

लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय सुनाइए पनि सर्वोच्च अदालतबाट उनले पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि लामा छुटेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया