बुधबार, वैशाख १९, २०८१

वृश्चिकका लागी आजकाे दिन विशेष, अन्य राशिकाे कस्ताे छ?

मेरोन्यूज २०८१ वैशाख ६ गते ७:१७

आजमिति २०८० साल वैशाख ६ गते विहिवार तदअनुसार अप्रिल १७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको दशमी तिथी, अश्लेशा नक्षत्र, गण्ड योग छ । चन्द्र राशि कर्कट। यो अशुभ योग हो ।

यस्तो छ आज तपाईंको राशिफल :-

मेष : मनमा दुबिधा उत्पन्न हुन सक्छ। ठीक मानेर गरेको कामबाट आफैँलाई सन्तुष्टि नमिल्ला। काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। आर्थिक कारोबारमा विवाद आउन सक्छ।

वृष : टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। गोपनीय ढङ्गले गरेको क्रियाकलापमा सफलता पाउनुहुनेछ। शुभकार्यमा सरिक भइनेछ। समाजसेवामा मन लाग्नेछ। कसै-कसैका लागि सन्तान प्राप्तिको योग छ।

मिथुन : कुनै कुराले मनमा शान्ति छाउनेछ। रोकिएका काम सुरु हुन सक्छन्। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। प्रेमीले प्रेमिकाको विचारलाई समर्थन गर्नेछन्। खानपिन र स्वास्थ्यप्रति सावधान रहन आवश्यक छ।

कर्कट : नवीन कार्यको योजना बन्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति भने सजग रहनु पर्नेछ।

सिंह : महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। लाभ-हानि, सुख-दुःख बराबरी खालको समय छ। बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला। वैदेशिक कार्य अघि बढ्नेछ।

कन्या : दैनिक कार्यमा सफलता पाइनेछ। विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। शैक्षिक क्षेत्रबाट सफलता मिल्ला। प्राविधिक र वैदेशिक कामहरू भने रोकिन सक्छन्।

तुला : चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। नयाँ कार्य वा रोजगारीको योजना बन्नेछ। प्रविधिमार्फत टाढाका नातागोता, परिवारजनसँग भेटघाट हुनेछ।

वृश्चिक : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लामो समयदेखि रोकिएको कार्यले पूर्णता पाउनेछ। बजारको यात्रा हुनेछ। साँझमा भने कलहको योग छ र आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

धनु : सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ। दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन्। सामाजिक कार्यबाट सफलता मिल्नेछ।

मकर : कहीँकतैबाट कुनै उपहार प्राप्त होला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। यात्राको क्रममा सचेत रहनु पर्छ। दौडधुप गर्नुपरे पनि लाभ नै हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।

कुम्भ : रमणीय र सुखद यात्राको योग छ। शुभकार्यमा सरिक भइएला। मान-सम्मान बढ्नुका साथै शरीर पनि स्वस्थ नै रहनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। तर, अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ।

मीन : दक्षिणा हात पर्न सक्छ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ। सेयर बजार अन्तर्गत बीमा क्षेत्रबाट फाइदा मिल्नेछ।

प्रतिक्रिया