मंगलबार, वैशाख १८, २०८१

पाटनमा प्रतिस्थापन कला प्रदर्शनी हुँदै

मेरोन्यूज २०८१ वैशाख ५ गते २१:१३

काठमाडौँ । कलाकार मनिषलाल श्रेष्ठले विश्वसम्पदा दिवसका सन्दर्भमा बिहीबार प्रतिस्थापन कला प्रदर्शनी गर्दै छन् ।

ललितपुरस्थित पाटन दरबार परिसर वरिपरि उनले १३ सय ३६ मिटरको धागो प्रदर्शनी गर्न लागेका हुन् । उनले सन् २०१७ मै तयार पारेको ‘प्रोजेक्ट १३३६’ शीर्षकको प्रतिस्थापन कला पुनःप्रदर्शनी गर्न लागेका हुन्।

दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रम लतिलपुर चेम्बर अफ कमर्शको सहकार्यमा हुँदैछ । लामो रङ धागो प्रदर्शनी गर्नुको पछाडि काठमाडौँको बहुसांस्कृतिक सभ्यता पस्किन खोजेको उनले बताए।

“काठमाडौँ विभिन्न कला संस्कृतिका रङले जोडिएको लामो धागो जस्तै हो”, उनले भने, “आत्मियता र मित्रवत् समाजको परिकल्पनामा प्रतिस्थापन कला बनाएको छु ।”

प्रतिक्रिया