मंगलबार, वैशाख १८, २०८१

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्‍यो

मेरोन्यूज २०८१ वैशाख ५ गते १८:४८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशनको मिति फेरि सरेको छ । बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन एक महिना पछि सारेको हो ।

यसअघि महाधिवेशन २०८० जेठ ३ देखि ७ गतेसम्म हुने भनिएकामा आन्तरिक तयारी नपुगेकाले असारमा पुर्‍याएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

उनले महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौँमा गर्ने गरी निर्णय गरिएकाे जानकारी दिए ।

प्रतिक्रिया