मंगलबार, वैशाख १८, २०८१

साउदी अरेबियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

मेरोन्यूज २०८१ वैशाख ५ गते १४:१६

काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा टस जितेर पहिला फिल्डिङ रोजेको छ ।

अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेका हुन् ।

नेपाल र साउदी अरबको खेल ८-८ ओभरको हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो २ :१५ मा सुरु हुनेछ

नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समुह ए मा ६ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । नेपालका लागि यस खेलको नतिजाले अब कुनै असर नगर्ने भएको छ ।

त्यस्तै साउदी अरेबियाले भने यस अघि खेलेका ३ खेलमा एक जितसहित २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ र साउदी अरेबियालाई यस खेलको जितले सेमिफाइनलमा लैजाने सम्भावना बढी देखिएको छ । साउदी अरेबियाको रनरेट राम्रो रहेकाले यस खेलको जितले सेमिफाइनलमा पुर्याउन सक्छ ।

प्रतिक्रिया