मंगलबार, वैशाख १८, २०८१

सिटिजन्स बैंकले ल्यायो आकर्षक छुट सहित क्यासब्याक योजना

मेरोन्यूज २०८१ वैशाख ५ गते ११:१७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।

वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले वैशाख १ गते देखि वैशाख ३१ गते सम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याक लगायतका योजनाहरु सार्बजनिक गरेको हो ।

सो योजना अन्तर्गत डेविटरक्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्फत १००० रूपैयाँ वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढिमा १७० रूपैयाँ क्यासब्याक दिइनेछ ।

यसैगरी, सिटिजन्स स्मार्ट मार्फत क्युआर कोड स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि ५०० रूपैयाँ वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १७० रूपैयाँ क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ । डिजिटल भुक्तानीको अर्को माध्यम इकम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधीभरमा इ-कम कार्ड लिन चाहने ग्राहकहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ ।

बैंकले यस योजना अवधिभर ग्राहकहरुका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था गरेको छ । यसका साथै बैंकका निष्कृय मोबाईल बैंकिङ्ग ग्राहकहरुलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ १५० रूपैयाँ छुट प्रदान गरिने समेत जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंकको देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४६ हजार ग्राहकहरू रहेका छन्।

प्रतिक्रिया