मंगलबार, वैशाख १८, २०८१

भारतको छत्तीसगढ मुठभेडमा २९ माओवादी मारिए

मेरोन्यूज २०८१ वैशाख ५ गते ८:३६

काठमाडौं । भारतको छत्तीसगढमा मंगलबार भएको मुठभेडमा २९ जना माओवादी मारिएको भारतीय प्रहरीले दाबी गरेको छ ।

छत्तीसगढको माओवादी प्रभावित कांकेरको छोटेबेटिया क्षेत्रमा मंगलबार दिउँसो प्रहरी र माओवादी (नक्सलवादी) बीच भिडन्त भएको थियो ।

सुरुमा प्रहरीले १८ जना माओवादी मारिएको जानकारी दिएको थियो । पछि फेरि प्रहरीले विज्ञप्ति जारी गरी २९ जना माओवादीको शव बरामद भएको र ३ जना प्रहरी घाइते भएको जानकारी दिएको हो ।

केन्द्रीय गृहमन्त्री अमित शाहले विज्ञप्ति जारी गर्दै प्रहरी कारबाहीको प्रशंसा गरेका छन् भने घाइते प्रहरी जवानको स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया