मंगलबार, वैशाख २५, २०८१

समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा दरखास्त आह्वान  

मेरोन्यूज २०८० चैत २० गते १०:४७

काठमाडौँ । संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोगको अध्यक्ष र  राष्ट्रिय महिला आयोगको सदस्य पदपूर्तिका लागि निवेदन आह्वान गरेको छ ।  

Advertisement

मंगलबार सूचना जारी गर्दै संबैधानिक परिषदको सचिवालय समावेशी आयोगमा अध्यक्ष पद र महिला आयोगको सदस्य पदका लागि निवेदन आह्वान गरेको हो । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी १५ दिनभित्र आवेदन दिन परिषदको सचिवालयले अनुरोध गरेको छ ।

इच्छुक आवेदकले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको वेभसाइत www.opmcm.gov.np को सूचना तथा समाचार खण्डभित्र उपलब्ध फर्म भरी विद्युतीय प्रतिसहित बुझाउन वा संबैधानिक परिषदको सचिवालयको इमेल- [email protected] मा पठाउन आग्रह गरेको छ । 
 
 
 

प्रतिक्रिया