आइतबार, वैशाख १६, २०८१

युक्रेनसँग वार्ता नभएको रूसको भनाइ

मेरोन्यूज २०८० चैत १६ गते ७:५१

युक्रेनमा सम्भावित शान्ति पहलका बारेमा जारी वार्तामा रुस संलग्न नभएको तर त्यस्ता विवरणबारे जानकारी सङ्कलन भइरहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् ।

यसअघि जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनलगायत धेरै देशले सुरक्षा सल्लाहकारको स्तरमा युक्रेन सङ्कटमा शान्ति प्रक्रियालाई निम्त्याउन सक्ने पहलका बारेमा छलफल गरिरहेको उल्लेख गरे ।

“ती सबै देशहरू सम्भव भएसम्म अन्त्यसम्म युक्रेनलाई समर्थन गर्न आफ्नो राजनीतिक इच्छा शक्तिमा एकजुट छन्”, पेस्कोभले भने, “रूसी प्रशासनिक केन्द्र क्रेमलिनले यी सबै सूक्ष्मताहरूलाई सावधानीपूर्वक निगरानी गरिरहेको छ ।”

“‘अन्तिम युक्रेनी नागरिक रहेसम्म युद्ध गर्न’ किएभलाई उक्साउने र प्रोत्साहित गर्ने दृष्टिकोण युरोपमा हावी रहेको र युरोपेली राजनीतिक प्रतिष्ठानमा युद्धबारे विभिन्न दृष्टिकोण देखिएको तर युद्धको वातावरणमा कुनै परिवर्तन नभएको पेस्कोभले बताए ।

शान्ति योजना वार्ताका कारण जर्मनी यस सङ्कटमा गाँजिएको क्रेमलिन प्रवक्ता पेस्कोभले जिकिर गरे ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले यस सङ्कटमा सबैभन्दा चट्टानी अडान लिएको मस्कोले देखेको बताउँदै फेब्रुअरीमा युक्रेनमा विदेशी सैन्य दस्ता पठाउने म्याक्रोँको प्रस्तावबारे उनले उल्लेख गरे ।

प्रतिक्रिया