आइतबार, वैशाख १६, २०८१

तुलाका लागी आजकाे दिन विशेष,अन्य राशिकाे कस्ताे छ?

मेरोन्यूज २०८० चैत १६ गते ६:५७

आजमिति २०८० साल ,चैत्र १६ गते तदअनुसार मार्च २९, २०२४ शुक्रवार, कृष्णपक्षको चतुर्थी तिथि, बिशाखा नक्षत्र, बज्र योग । तुला राशिमा चन्द्रमा । यो अशुभ योग हो । 

  • अभिजित् मुहूर्त: बिहान ११:४४ देखि १२:३३ सम्म,
  • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:५८
  • सुर्यास्त: बेलुका ०६:१९ बजे 

मेष : साथीको सहयोग र हौसला मिल्नेछ। समस्या आइलागे पनि त्यसको हल निस्कनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। मनोरञ्जनमा सहभागी भइएला। कुनै कारणवश रोकिएको कामले गति लिनेछ।

  • शुभ रंग: निलो
  • शुभ अंक – ४

वृष : नयाँ र शुभ कार्यको योजना बन्नेछ भने सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ। आफन्त र मित्र वर्गको सहयोग पाइनेछ। प्रवचन, भाषण आदिमा प्रशंसा मिल्नेछ। नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ।

  • शुभ रंग: रातो
  • शुभ अंक – १

मिथुन : घर-परिवारमा रमाइलो वातावरण छाउनेछ। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। मिष्टान्न भोजनको अवसर प्राप्त हुने योग छ। दानपुण्यका कार्यमा सहभागी भइनेछ।

शुभ रंग: सुन्तला

  • शुभ अंक – ५

कर्कट : यात्रा गर्दा ध्यान दिनुहोला, बाटोमा दुःख हुन सक्छ। सामाजिक कार्य गर्दा मानप्रतिष्ठा कायम राख्न गोपनीयतामा ध्यान पुर्‍याउनुहोला। काम बिगार्नेहरू सक्रिय रहने देखिन्छ। स्वास्थ्यप्रति सजग रहनु नै बुद्धिमानी हुनेछ।

  • शुभ रंग: हरियो
  • शुभ अंक – ८

सिंह : युक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। प्रेम सम्बन्धमा मधुरता मिल्नेछ। सामाजिक कामबाट सफलता पाइनेछ।

  • शुभ रंग: सेतो
  • शुभ अंक – ९

कन्या : नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिहरूले राम्रै सफलता प्राप्त गर्नेछन्। रमाइलो यात्राको योग छ। रोकिएका काम पुनः सुरु हुनेछन्। अचल सम्पत्ति हात पर्न सक्छ।

  • शुभ रंग: पहेलो
  • शुभ अंक – ७

तुला : शुभ कार्यको चर्चा चल्नेछ र शुभ समाचार सुन्न पाइएला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। राज्यस्तरबाट लोभलाग्दा अवसर प्राप्त हुने सम्भावना छ।

  • शुभ रंग: रातो
  • शुभ अंक – ८

वृश्चिक : घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। समय र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। साँझमा कुनै समाचारले मन खुसी रहला।

  • शुभ अंक – ६
  • शुभ रंग : सेतो

धनु : भाग्यले विभिन्न अवसर जुराउनेछ। बहुप्रतिक्षित काममा सफलता हात पर्न सक्छ। समस्या दर्साउँदा सुख-दुःखमा साथ दिनेहरू भेटिनेछन्। कार्य क्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइ र साथीभाइले राम्रो सहयोग गर्नेछन्।

  • शुभ रंग: निलो
  • शुभ अंक – ७

मकर : गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। रोकिएका काम पुरा हुनेछन्। पढाइलेखाइमा राम्रो नतिजाका साथ सफलताका सिँढी चढ्न सकिनेछ। प्रेमका कोपिलाहरू फक्रिएर जानेछन्।

  • शुभ रंग: रातो
  • शुभ अंक – ३

कुम्भ : मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पर्नेछ। चलाखीपनले कार्य सिद्ध हुन सक्छ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। वाहन लाभ हुने समय छ। वैदेशिक कार्य कमजोर रहनेछ। मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ।

  • शुभ रंग: कालो
  • शुभ अंक – ९

मीन : आँटेको काम सबै पूरा नभए पनि निराश नभई लागिपर्दा राम्रो हुनेछ। मित्रले व्यर्थको विवाद र कुरा काट्न सक्छन्। अनावश्यक धन खर्च हुनेछ। मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ।

  • शुभ रंग: वैजनी
  • शुभ अंक – ४

प्रतिक्रिया