शनिबार, वैशाख १५, २०८१

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिविले बनायो समिति

मेरोन्यूज २०८० चैत १५ गते २०:५७

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्राडा चन्द्रमणी पौडेलको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।  

समितिले दिएको सुझावअनुसार आवश्यक निर्णय लिइने त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले जनाएको छ । समितिले एक महिना प्रतिवेदन बुझाउनुपर्नेछ ।

त्रिभुवन विश्वविद्यालयले गएको वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र संकायको जनसङ्ख्या तथा स्वास्थ्य (कोड नम्बर ४२२) र शिक्षा शास्त्र संकायको शिक्षाको आधार (कोड न. ४१२) का उत्तर पुस्तिका हराएका थिए । ती विषयको परीक्षा चैत २१ गतेका लागि तय गरिएको छ ।

प्रतिक्रिया