शनिबार, वैशाख १५, २०८१

सुरु भयो एसईई, ५ लाख बढी विद्यार्थी परीक्षामा सहभागी

मेरोन्यूज २०८० चैत १५ गते ९:१४

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । बिहीबार बिहान ८ बजेदेखि देशभर एसईई सुरु भएको हो । 

८ बजेदेखि सुरु भएको परीक्षा बिहान ११ बजेसम्म ३ घण्टा सञ्चलन हुनेछ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा रहेको छ ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी छन् । 

परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया