आइतबार, वैशाख १६, २०८१

मुगुमा जीप दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यु, चार घाइते

मेरोन्यूज २०८० चैत १४ गते १९:४८

मुगु । गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । 

कर्णाली प्रादेश ०२–००१ ज ००५९ नम्बरको सो जीप बुधबार सोरु–६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँको सडकबाट अन्दाजी एक सय मिटर बढी तल खसेको जनाइएको छ । दुर्घटनामा चालकसहित दुईजनाको घटनास्थलमै मृत्यु भएको र अन्य चारजना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा जीप चालक कविराज नेपाली र पहिचान नखुलेका एक महिला छिन् ।  घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली , हीरादिङ नेपाली र प्रेम नेपाली रहेको उनले जानकारी दिए । 

घाइते मन्जनेको अवस्था चिन्ताजनक अवस्थामा रहेको  बताइएको छ । प्रनाउ थापाले घाइतेलाई उद्धार गरी उपचारका लागि मुगु जिल्ला अस्पतालतर्फ ल्याइँदै गरेको जानकारी दिए ।

प्रतिक्रिया