इलाम-२ का लागि रास्वपाले सार्वजनिक गर्याे ६ जना प्रारम्भिक उम्मेदवार
मेरोन्यूज
२०८० चैत १४ गते १९:००
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैशाख १५ मा इलाम -२ मा हुने उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।
इलाम-२ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा. शेष नारायण न्यौपाने रहेका छन् ।
रास्वपाले प्रारम्भिक उम्मेदवार उपर दाबि विरोध गर्ने विहिबार १ बजेसम्मको समय दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया