शनिबार, वैशाख १५, २०८१

४ असइसहित २३ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन

मेरोन्यूज २०८० चैत १३ गते ८:२९

काठमाडौं । नेपाल प्रहरीका चार जना असइ (प्रहरी सहायक निरीक्षक)सहित २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

आफूखुसी गैरहाजिर रहेका र खोजतलास गर्दा समेत नआएका प्रहरीलाई सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय नक्सालले २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । 

गैरहाजिर हुनेमा प्रहरी सहायक जिरीक्षकदेखि कार्यालयसहायसम्म छन् । तोकिएको समयसीमाभित्र हाजिर नभए सेवाबाट हाइने सूचनामा उल्लेख छ । 

प्रतिक्रिया