सोमबार, वैशाख २४, २०८१

अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौला, ११ सीडीओको सरुवा

मेरोन्यूज २०८० चैत ६ गते १५:१४

काठमाडौं । गृहमन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई सरुवा गरेको छ। गृहमा कार्यरत निरौलालाई मंगलबार अध्यागमन विभागमा सरुवा गरिएको हो ।

Advertisement

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङलाई अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेपछि उनी निलम्बित छन्। उनको स्थानमा निरौलालाई पठाइएको हो ।

साथै, गृह मन्त्रालयले ११ वटा जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी ९सीडीओ०हरुको सरुवा गरेको छ ।

मन्त्रालयले विभिन्न विभाग र कार्यालयमा पनि नयाँ जिम्मेवारी तोकेर कर्मचारीहरु सरुवा गरेको छ ।

प्रतिक्रिया