सोमबार, जेठ १४, २०८१

भारतलाई हराउँदै बंगलादेश जित्यो साफ यू-१६ महिला फुटबलको उपाधि

मेरोन्यूज २०८० फागुन २७ गते १७:४८

काठमाडौं । बंगलादेशले साफ यू-१६ महिला फुटबलको उपाधि जितेको छ ।

Advertisement

ललितपुरको च्यासलस्थित मैदानमा सम्पन्न फाइनल खेलमा बंगालदेशले भारतलाई पेनाल्टी सुटआउटमामा ४-२ गोलले पराजित गरेको हो ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा भारत र बंगलादेशले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

यस प्रतियोगितामा बंगलादेश र भारतका अलावा नेपाल र भुटान गरी चार देशले भाग लिएका थिए । नेपाल र भुटान भने समुह चरणबाट बाहिरिएका थिए ।
 

प्रतिक्रिया