सोमबार, असार ४, २०८१

अनमोलकाे ‘फर्की फर्की’ ले ४ दिनमा कति कमायाे ?

मेरोन्यूज २०८१ जेठ १४ गते १४:३४

काठमाडौं । अभिनेता अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’ गत बिहीबारदेखि हलमा प्रदर्शनरत छ ।

Advertisement

युवापुस्ता दर्शकको उच्च आर्कषणका कारण फिल्मले रिलिजको पहिलो दिनदेखिनै उत्कृष्ट व्यापार गरिरहेको छ । राजधानीसहित देशभरिका हलमा फिल्मले भरपुर मात्रामा दर्शकको साथ पाइरहेको छ ।

‘पहिलो दिन फर्की फर्कीले ब्लकबस्टर ओपनिङ गरेको छ। यसदिन फिल्मले करिब १ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको बताइएको छ ।

यसैगरी रिलिजको दोस्रोदिन फिल्मले ४० लाख हाराहारीमा कमाई गरेको निर्माण पक्षले जानकारी दिएको छ ।

शनिबार फर्की फर्की हेर्नका लागि हलमा दर्शकहरु उर्लिएका थिए । यसदिन हलहरुमा थेग्नै नसकिने गरि दर्शकको भिँड देखिएको थियो । निमार्ण पक्षका अनुसार शनिबार फिल्मले करिब १ करोड २० लाखसम्म व्यापार गरेको थिथो ।

आइतबार भने फिल्मको कमाइमा गिरावट आएको छ । यसदिन करिब ३० लाखसम्म कलेक्सन भएको बुझिएको छ ।

सुयोग गुरुङको लेखन र निर्देशन रहेको ‘फर्की फर्की’ अनमोल र जसितासहित रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ। टाइम लुपको कथामा बनेको यस फिल्मको निर्माता रोहित अधिकारी हुन्।

प्रतिक्रिया