बुधबार, वैशाख २६, २०८१

चिली आगलागी : हालसम्म ५१ जनाको मृत्यु

मेरोन्यूज २०८० माघ २१ गते ९:५१

चिली । मध्य चिलीको जंगलमा लागेको आगोले कम्तिमा ५१ जनाको ज्यान लिइसकेको छ ।

Advertisement

सो घटनामा परी मृत्यु हुनेको संख्या अझै बढ्दै जाने सम्भावना देखिएको छ  । 

चिलिका अधिकारीहरूका अनुसार आपतकालीन सेवाहरूले शहरी क्षेत्रतर्फ जान सक्ने आगो निभाउन संघर्ष गरिरहेको छ।

‘मध्य चिलीमा करिब १० लाख बासिन्दा रहेको भल्पराइसो क्षेत्रका धेरै भागहरूमा कालो धुवाँ आकाशमा उडिरहेको छ जबकि अग्नि नियन्त्रकहरूले हेलिकप्टर र ट्रकहरू प्रयोग गरेर आगो निभाउन संघर्ष गरिरहेका छन,’ स्थानिय स्मिथले भने ।

तटीय पर्यटक सहर भिना डेल मार वरपरका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन् र उद्धार टोलीहरू सबै प्रभावित क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेको चिलीका अधिकारीहरूले जनाएका छन ।

भाल्पराइसोको अवस्था सबैभन्दा नाजुक छ किनभने २०१० को भूकम्पपछिको सबैभन्दा खराब विपत्तिको सामना गरिरहेको छ, जुन भुकम्पमा करिब ५०० जनाको मृत्यु भएको थियो ।
 

प्रतिक्रिया