आइतबार, वैशाख ३०, २०८१

इमेज सहकारीकी कोषाध्यक्ष सुनार कारागार चलान

मेरोन्यूज २०८० माघ १७ गते १२:५३

बागलुङ । सहकारी ठगी मुद्दामा इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष २७ वर्षीय लक्ष्मी सेन सुनारलाई जेल चलान गरिएको छ ।

Advertisement

जिल्ला अदालत बागलुङको सोमबारको आदेशले सुनार जेल चलान भएकी हुन् ।

उनीविरुद्ध जिल्ला अदालत बागलुङबाट गत असार १० गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता फरार सुनारलाई माघ ११ गते नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले ललितपुरबाट पक्राउ गरेको थियो ।

१ अर्ब ५१ करोड रुपैयाँ हिनामिना गरेको भन्दै १ हजार ४ सय ८१ जना बचतकर्ताले सहकारीका कर्मचारी र सञ्चालकसहित ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गराएका थिए । तीमध्ये हालसम्म ६ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया